एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका १८ वटा चुनावी सभा सहभागी भएका करिब ३० हजार नागरिक संक्रमित भएका छन्। स्टानफोर्ड युनिभर्सिटीका अध्यताहरुले गएको जुनदेखि सेप्टेम्बर महिनासम्म चुनावी कार्यक्रमको अध्ययन गरेर यो तथ्यांक सार्वजनिक गरेका हुन् ।
र्यालीमा सहभागी करीब ७ सय जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
ट्रम्पले गरेका तीन दर्जन र्यालीवाट एक लाख नागरिकमध्ये २ सय ५० जनामा संक्रमित भएको हुनसक्ने अध्ययनको निस्कर्ष छ ।
अमेरिकामा मंगलबार राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्