Logo

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु



Spread the love

१६ कार्तिक, काठमाडौं। कोरोना संक्रमणबाट पूर्वी नवलपरासीमा थप तीन जनाले ज्यान गुमाएका छन् ।

शनिबार साँझ गैंडाकोट नगरपालिकाका ३८ वर्षीय एक पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ दुम्किबासकी ६४ वर्षीया महिला र कावासोती नगरपालिका–११ का ४८ वर्षीय पुरूषको पनि सोही अस्पतालमा मृत्यु भएको हो ।

गए राती होम आइसोलेसनमा बसेका झापाको गौरादह नगरपालिका वडा न ४ मिलन चोकका ७२ वर्षिय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै, सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ का ३२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

कैलालीका एक कोरोना संक्रमितको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा टीकापुर नगरपालिका एकका ६० बर्षिय पुरुषको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्