Logo

नेयमारले विश्वकप छनोटका खेल गुमाउने



Spread the love

एजेन्सी। पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारले अर्को महिनामा हुने विश्वकप छनोटका खेल गुमाउने सम्भावना उच्च रहेको छ ।

बुधबार बासकसेइरविरुद्धको खेलमा नेयमार घाइते भएपछि मैदानबाट बाहिरीएका थिए । नेयमारको तिघ्राको मांशपेशीमा समस्या आएपछि उनले करिब एक महिना आराम गर्नुपर्ने भएको हो ।

यसक्रममा पीएसजीले फ्रान्सेली लिगमा नान्टेस, रेन्नेस र आरबी लाइप्जिगसँग प्रतिस्पर्धा गर्दैछ । त्यसपछि नेयमार ब्राजिलको राष्ट्रिय टोलीबाट विश्वकप छनोटको खेल खेल्ने थिए। तर, अब चोटका कारण उनले यी सबै खेल गुमाउने सम्भावना उच्च रहेको छ।

पीएसजीका प्रशिक्षक थोमस टुचेलले नेयमार अन्तर्राष्ट्रिय ब्रेकअघि मैदान फर्कन नसक्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्