Logo

+२ पासलाई जागिरको सुनौलो अवसर, पञ्जीकरण विभागले माग्यो कर्मचारी



Spread the love

काठमाडौं। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कर्मचारी माग गरेको छ।

राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि दरखास्त आह्वान गरिएको हो।

प्लस टु पास गरेका इच्छुकले कात्तिक १३ देखि १५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन्।

१८ वर्ष पूरा भई ३५ वर्ष नकटेको नेपाली नागरिकले बिना शुल्क दरखास्त दिन सक्ने विभागले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्