एजेन्सी । चोरले छोडेर गएको खसी पाल्न नसकेर एक जनाले प्रहरी चाैकीमा बुझाएका छन् । चोरले छोडेको उक्त खसीले धेरै खानेकुरा खाएपछि ती व्यक्तिले खसी प्रहरीलाई बुझाएका हुन् ।
यो घटना भारतको उत्तर प्रदेशस्थित ग्रेटर नोयडामा भएको हो ।
केही दिनअघि त्यहाँ २ जनाले एउटा खसी चोरेर ल्याए । उनीहरूले खसी चोरेर ल्याएको खबर प्रहरीले थाहा पाएपछि चोरेर ल्याउने व्यक्तिहरू खसी त्यही छोडेर फरार भए । त्यसपछि प्रहरीद्वारा त्यहीका एक जना व्यक्तिले खसी पाल्ने जिम्मा पाए ।
ती व्यक्तिले खसीका असली मालिक फेला नपरेसम्म खसी पाल्ने जिम्मा पाएका थिए । तर, खसीले खानेकुरा धेरै खान थालेपछि उनले केही दिनमा नै खसी प्रहरीको जिम्मा लगाइदिए ।
भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरे अनुसार त्यो खसीले दैनिक २ सय भन्दा धेरैको खानेकुरा खाएर जिम्मेवारी पाएका व्यक्तिलाई हैरानिमा पारेको थियो ।