एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा दोस्रो जित निकालेको छ । गएराति समूह जीको खेलमा बार्सिलोनाले इटालियन च्याम्पियन युभेन्ट्सलाई २-० ले पराजित गरेको हो।
खेलको १४औैँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । खेलको अतिरिक्त समयमा कप्तान मेस्सीले गोल गर्दै टिमलाई २-० गोलको जित दिलाए ।
जितसँगै बार्सिलोनाले दुई खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ भने दोस्रो स्थानको युभेन्ट्सको तीन अंक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्