Logo

कुवेतमा भारतीय नागरिकद्वारा नेपाली युवतीको हत्या, के थियो कारण ?



Spread the love

एजेन्सी । कुवेतमा एक जना नेपाली महिलाको हत्या भएको छ । कुवेतमा एक जना भारतीय नागरिकले नेपाली महिलाको हत्या गरेका हुन् ।

ती भारतीय युकवले नेपाली युवतीको घाँटी थिचेर हत्या गरेको बताइएको छ । केही समयपहिले देखि अपार्टमेन्टमा बस्ने गरेकी युवती मृत भेटिएपछि प्रहरीले भारतीय युवकले हत्या गरेको पत्ता लगाएको हो ।

ती युवा पक्राउ परिसकेको बताइएको छ । प्रेमसम्बन्धका कारण हत्या गरेको प्रहरीसामु ती युवकले बयान दिएका छन् ।

यद्यपि प्रहरीले अहिलेसम्म दुवैजनाको परिचय खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्