Logo

अमेरिकामा कोरोना संक्रमण पुनः तीव्र गतिमा फैलिदै



Spread the love

एजेन्सी। अमेरिकामा कोरोना संक्रमण पुनः तीव्र गतिमा फैलिएको छ । अमेरिकामा शुक्रबार ८४ हजार २ सय १८ जनामा संक्रमण पुष्टि भएको हो । यो एकैदिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै धेरै संख्या हो ।

यसअघि गएको जुलाई १६ मा ७७ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको थियो ।

चुनावमा महत्वपूर्ण मानिएका ओहायो, मिसिगन, नर्थ क्यारोलाइना, पेनसिलभेनिया र विस्कनसिनसहितका राज्यमा संक्रमण तिब्र गतिमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्