एजेन्सी। कोरोना महामारीका बेला बिदा मनाउन गएका डच राजपरिवार तीब्र विरोध भएपछि उनीहरु भोलिपल्ट नै स्वदेश फर्किएका छन् ।राजा विलेम र रानी म्याक्सिमा शुक्रवार ग्रीसतिर गएका थिए, तर विरोधपछि उनीहरू शनिवार साँझ नै स्वदेश फर्किएका हुन् ।
नेदरल्याण्डमा कोभिड–१९ फैलिन नदिन सर्वसाधारणलाई घरमै बस्न अनुरोध गरिरहेको समय सरकारी विमानमा ग्रीसतिर बिदा मनाउन गएको भन्दै राजपरिवारको तीव्र आलोचना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्