Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

२ कार्तिक, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ८८६ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज १०३२ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ६२ हजार भन्दा धेरै संक्रमित थपिदा १०३२ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ७४ लाख ९२ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ६५ लाख ९४ हजार भन्दा बढी निको भइसकेका छन् भने १ लाख १४ हजार ६४ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्