Logo

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना



Spread the love

२९ असोज, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । थापाले दिएको जानकारी अनुसार टाउको दुखेपछि गरिएको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।

अध्यक्ष थापाले केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् ।

‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड–१९ पीसीआर परिक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभ देखिएको छ । अवस्था सामान्य छ । केही दिनयता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु ।’ उनले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्