२५ असोज, एजेन्सी। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले ब्राजिलमा पनि तीव्र संक्रमण तथा मर्न थालेका छन् भने अहिले विश्वभर दोस्रो जोखिम रहेको देश भएको छ । गत हप्तासम्म सामान्य रहेको ब्राजिलमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।
२४ घण्टा यता ब्राजिलमा कोरोनाबाट ५ सय ४४ जनाको मृत्यु भएको छ भने हिजो शनिबार ३ सय ६४ जनाको ज्यान गएको थियो । हिजोको तुलनामा २ सयले घटेको छ । अहिले सबै भन्दा बढी प्रभावित भएको देश अमेरिका भन्दा पछाडी तेस्रो नम्बरमा रहेको छ । जसमा ३० हजार नयाँ संक्रमित थपिएका छन् ।
जोन्स होप्किन्स यूनिभर्सिटीको अनुसार ब्राजिलमा कोरोना भाइरसबाट ५० लाख ९१ हजार भन्दा धेरै संक्रमित भएका छन् भने १ लाख ५० हजार २ सय ३६ जनाको मृत्यु भएको छ । ४४ लाख ५३ हजार भन्दा धेरैलाई उपचारपछि निको भएका छन् ।