Logo

कोरोना संक्रमणबाट अधिवक्ता विष्टको निधन



Spread the love

१४ असोज, काठमाडौँ । शनिबार कोरोना संक्रमणबाट नेपाल बार एसोसिएसन,ललितपुरका पूर्व अध्यक्ष तथा अधिवक्ता दीपककुमार बिष्ट र उच्च अदालत बार एसोसिएशन, विराटनगरको कार्य समितिका पूर्व अध्यक्ष तथा अधिवक्ता रामबहादुर निरौलाको निधन भएको छ ।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि बिष्टलाई केही दिनदेखि ललितपुरस्थित मेडिसिटीको भेण्टिलेटरमा राखिएको थियो । मुटुमा समस्या देखिएपछि केही समय पहिले उनको मुटुमा स्टेन हालिएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्