Logo

अस्पतालको दोस्रो तल्लाबाट हामफालेर बिरामीले गरे आत्महत्या



Spread the love

१९ असोज, मोरङ । विराटनगर अस्पतालमा उपचारका क्रममा रहेका ५३ वर्षीय एक विरामीको अस्पताल भवनको दोस्रो तल्लाबाट हाम फालेर मृत्यु भएको छ।

असोज १७ बाट आइसीयू उपचाररत मिक्लाजुङ गाउँपालिका वडा ७ मा भाडामा बस्ने ५३ वर्षे अमृत गजमेरको मृत्यु भएको विराट नर्सिङ होम प्रशासनले जनाएको छ।

गर्मी भएको बहाना गर्दै सोमबार बिहान आइसियू कक्षबाट निस्किएका गजमेर हामफाले पछि घाइते भएका थिए। उनको उपचारको क्रममा बिहान ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। 

आफन्तहरुले भने अस्पतालको हेलचेक्रयाँईले विरामीको रहस्यम मृत्यु भएको भन्दै छानविन गर्न माग गरिरहेका छन । 

मोरङ प्रहरी प्रबक्त्ता डिएसपी मानबहादुर राईले मृतक गजमेरको शव पोष्टमार्टमका लागि कोशी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान गर्ने काम भइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्