Logo

एभर्टनको लगातार चौथो जित, सिटी बराबरीमा रोकियो



Spread the love

एजेन्सी । प्रिमियर लिगमा एभर्टनले लगातार चौथो जित निकालेको छ । एभर्टनले ब्राइटनलाई ४-२ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा डोमिनिक काल्भर्ट लेविनले १६औं मिनेटमा गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाए । ४१औ मिनेटमा नि मउपेले ब्राइटनका लागि बराबरी गोल फर्काए । तर पहिलो हाफको अन्तिम मसमया येरी मिनाले गोल गरेपछि एभरटनले २-१ को अग्रता बनायो । रोड्रिगेजले ५२औं र ७०औं मिनेटमा गोल गर्दै एभरटनलाई ४-१ को अग्रता दिलाए । ब्राइटनका लागि खेलको अन्त्यतिर बिसोउमाले गोल गरेका थिए ।

त्यस्तै, म्यानचेष्टर सिटी नवप्रवेशी लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ । खेलमा सिटीले अग्रता लिएपनि लिड्सले सिटाई १-१ को बराबरीमा रोक्यो ।
बर्नलीलाई ३-१ ले पराजित गर्दै न्यूकासल युनाइटेड छैटौं स्थानमा उक्लेको छ ।

यस्तै, क्रिस्टल प्यालेसलाई ४-० ले पराजित गर्द चेल्सीले सिजनको दोस्रो जित निकालेको छ । घरेलु मैदानमा शनिवार भएको खेलमा जर्गिन्होले दुई गोल गर्दा बेन चिलवाल र कुर्ट जुमाले एक-एक गोल गरे ।

दोस्रो जितपछि ४ खेलबाट ७ अंक जोडेको चेल्सी चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्