एजेन्सी। नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका धेरै कलाकार ड्रग्सको मामिलामा मुछिएका छन् ।
यो भन्दा अगाडि अभिनेत्रीतय दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग गिरोहसँग नरहेको खुलासा भएको छ भने अहिले फेरी बलिउडमा नयाँ झट्का लागेको छ ।
भारतीय चलचित्र क्षेत्रमा लागुऔषधसम्बन्धी मुद्दामा शाहरुख खानसहित एकैपटक चार नायकको नाम जोडिएको छ । यसअघि नायिकाको नाम मात्र मुछिएकामा अहिले नायक शाहरुख खान, रणवीर कपुर, अर्जुन रामपाल र डिनो मोरियाको नाम पनि जोडिएको छ। तर पहिलोपटक बलिउड नायकहरुको पनि नाम ड्रग्स केसमा जोडिएको छ । दिल्लीका एनसीबी अधिकारीले नाम नछाप्ने शर्तमा बलिउडका ठुला नायकहरुको ड्रग्स कनेक्सनबारे खुलासा गरेको दैनिक भाष्करले जनाएको छ ।
सुशान्त सिंह राजपुत मृत्यु प्रकरण अनुसन्धान गर्ने क्रममा बलिउडभित्र लागुऔषधको प्रयोग हुने गरेको खुलासा भएयता यस विषयमा पनि व्यापक छानबिन भइरहेको हो। जसको अनुसन्धान एनसीबीले गरिरहेको छ ।
यस विषयमा एनसीबी अधिकारीसँग भएकाे कुराकानीको पूर्ण विवरण आफूसँग सुरक्षित रहेको दैनिक भास्करले जनाएकाे छ।