एजेन्सी। लिभरपुलका मिडफिल्डर थियागो अल्कान्टारालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। लिभरपुलले थियागोलाई कोरोनाको सामान्य लक्षण देखिएको बताउँदै उनको स्वास्थ्य ठिक रहेको जनाएको छ। उनी सेल्फ आइसोलेसनमा बसेका छन्।
२९ वर्षीय थियागो यहि सिजन वायर्न म्युनिखबाट लिभरपुलमा आबद्ध भएका थिए।
यसअघि सोमबार प्रिमियर लिगका १० जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया दिनुहोस्