Logo

दिल्लीलाई हराउँदै सनराइजर्स हैदराबादले निकाल्यो पहिलो जित



Spread the love

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । अबुधाबीमा गएराति भएको खेलमा नेपाली स्पिनर सम्मिलित दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित हात पारेको हो ।

१६३ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ७ विकेटको नोक्सानीमा १४७ रन मै समेटियो । दिल्लीका लागि ओपनर शिखर धवनले सर्वाधिक ३४ रन बनाए भने रिषभ पन्तले २८ र शिम्रोन हेटमायरले २१ रन बनाए ।

यसअघि टस हारे पहिला ब्याटिङ थालेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएका थिए । ओपनर जोनी बेयरस्टोले ५३ तथा डेभिड वार्नरले ४५ र केन विलियमसनले ४१ रन बनाएका थिए । दिल्लीका कगिसो रबाडा र अमित मिश्राले २-२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्