एजेन्सी। प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले गएराती भएको खेलमा फुलहमलाई ३-० ले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको छ । यस सिजन प्रिमियर लिगमा बढुवा भएका फुलहमले लगातार तेस्रो खेलमा हार बेहोरेको हो ।
अर्को खेलमा साविक विजेता लिभरपुलले आर्सनललाई हराएको छ । आईतबार राति एनफिल्डमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले हराएको हो ।
एलेक्जेन्डर लाकाजेट्टीले २५ औं मिनेटमा आर्सनललाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि साडियो मानेले खेल बराबरीमा ल्याए । रोबर्टसनले ३४ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए ।
खेल सकिन दुई मिनेट अघि यसै सिजन लिभरपुल आएका फरवार्ड डियोगो जोटाले एनफिल्ड क्लबका लागि तेस्रो गोल गरे ।
लिभरपुल भने शतप्रतिशत जितसहित तालिकाको दोस्रो स्थानमा छ । आर्सनल ६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्