Logo

आईपीएल – रोयल च्यालेन्जर्ससँग सुपर ओभरमा हार्यो मुम्बई इन्डियन्स



Spread the love

एजेन्सी।इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार राती भएको खेलमा रोयल च्यालेन्जर्सले सुपर ओभरमा मुम्बई इन्डियन्सलाई पराजित गरेको छ।

पहिले ब्याटिङ थालेको बैंगलोरले २०१ रन बनाएपछि लक्ष्य पछ्याउने क्रममा मुम्बईले ५ विकेटको नोक्सानीमा २०१ रननै बनाएपछि खेल बराबरीमा पुगेको थियो।

सुपर ओभरमा मुम्बईले पहिले ब्याटिंग गर्दै दिएको ८ रनको लक्ष्य बैंगलोरले छैठौ बलमा जितेको हो।

मुम्बईले जितको लागि बैंगलोरलाई ८ रनको लक्ष्य दियो। अन्तिम बलमा कोहलीले बुम्राहको लोअर फुल टस बललाई चौका प्रहार गर्दै टिमलाई जिताए।

२०२ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईको सुरुवात राम्रो हुन सकेन। ३९/३ को अवस्थाबाट इशान किशन र हार्दिक पान्ड्याले चौथो विकेटको लागि ३९ रनको साझेदारी गरे। छैठौं नम्बरमा ब्याटिंगमा आएका काइरन पोलार्ड र किशनले त्यसपछि मुम्बईको ब्याटिंग सम्हाले। पहिलो शतक बनाउन मात्र १ रनले चुकेका किशनले ५८ बलमा २ चौका र ९ छक्का प्रहार गरे। पोलार्डले अविजित ६० रन बनाए जुन क्रममा २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे।

प्रतिक्रिया दिनुहोस्