एजेन्सी।इटालियन सिरी ए फुटबलमा १० खेलाडीमा समेटिएको युभेन्ट्स रोमासँग २-२ को बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा दुवैपटक पछि परेको युभेन्ट्सले रोनाल्डोको गोलमा पुनरागमन गरेको थियो।
खेलको ३१ मिनेटमा भेरेटोउटले पेनाल्टीमा गोल गरेर रोमालाई अग्रता दिलाए। पहिलो हाफ सकिन एक मिनेट बाँकी छदा युभेन्ट्सले पनि पेनाल्टी पायो। प्राप्त अवसरमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए।
खेलको ६२ मिनेटमा युभेन्ट्स दश खेलाडीमा सीमित बन्यो। राबिओट दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। इन्जुरी टाइमको पहिलो मिनेटमा भेरेटोउटले नै टिम तथा व्यक्तिगत दोस्रो गोल गरे। युभेन्ट्सका लागि डानिलोको क्रसमा हेडमार्फत गोल गर्दै रोनाल्डोले ६९ मिनेटमा बराबरी गोल फर्काउन सफल भए।
प्रतिक्रिया दिनुहोस्