एजेन्सी। राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित निकालेको छ । आइतबार राती राजस्थानले किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै कीर्तिमान जित निकालेको हो ।
जितका लागि २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गर्यो ।
राजस्थानको जितमा सन्जु सामसनले ८५ रनको अर्धशतकीय पारी खेले । कप्तान स्टिभ स्मिथले ५० रन र राहुल टेवटियाले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।
पन्जाबका मोहमद शामीले ३ विकेट लिए । सेल्ड्रोन कोट्रेल, जेम्स निशम र मुरुगान आश्विनले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ थालेको पन्जाबले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्