Logo

एभर्टनको लगातार तेस्रो जित, चेल्सीको सानदार पुनरागमन



Spread the love

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले तेस्रो खेलमा वेस्ट ब्रुमसँग बराबरी खेलेको छ। दी हावथोर्नमा गएराती भएको खेलमा चेल्सीले घरेलु टिमसँग ३–३ गोलको बराबरी गरेको हो।

खेलको चौथो मिनेटमै रोबिन्सनले गोल गर्दै वेस्ट ब्रुमलाई अग्रता दिलाए। उनले नै २५ औं मिनेटमा दोस्रो गोल गरे। दोस्रो हाफमा कमब्याक गर्दै ५५ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई लयमा फर्काए। त्यस्तै, ७० औं मिनेटमा चेल्सीका लागि दोस्रो गोल ओडीले गरे। इन्ज्युरी समयमा गोल गर्दै अब्राहमले खेललाई बराबरीमा ल्याए।

अर्को खेलमा, एभर्टनले लगातार तेस्रो पटक जित निकालेको छ। शनिबार राति भएको खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई २–१ गोलअन्तरले पराजित गरेको हो। खेलको १०औं मिनेटमा डोमिनिकले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाए। खेलको २६औं मिनेटमा कोउयटले गोल गर्दै क्रिस्टल प्यालेसलाई १–१ गोलको बराबरी दिलाए।

४०औं मिनेटमा पेनाल्टीबाट रिचार्लीसनले गोल गर्दै एभर्टनलाई २–१ गोलको अग्रता दिलाए। पहिलो हाफमा २–१ गोल अन्तरले जित पक्का गर्यो ।

प्रतिक्रिया दिनुहोस्