Logo

कोलकाता विजयी, हैदरावादको लगातार दोश्रो हार



Spread the love

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादलाई ७ विकेटले हराउँदै कोलकाता नाइट राइडर्सले पहिलो जित निकालेको छ।

शेख जायद स्टेडियम, अबुधाबीमा सम्पन्न खेलमा हैदरावादले दिएको १४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा कोलकाताका ओपनर शुबमन गिलले दोश्रो विकेटको लागि नितिश रानासंग ३७ रनको साझेदारी गरे।

५३/३ को अवस्थाबाट ओपनर गिलले ओएन मोर्गनसंग साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। दुवैले चौथो विकेटको लागि अविजित ९२ रनको साझेदारी गरे। गिलले अविजित ७० रन बनाए जुन क्रममा ६२ बलमा ५ चौका र २ छक्का प्रहार गरे। मोर्गनले २९ बलमा ३ चौका र २ छक्का मद्दतले अविजित ४२ रन बनाए।

यस अघि टस जितेर ब्याटिंग गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्