Logo

सन्दीप सम्मिलित दिल्ली क्यापिटल्स विजयी, चेन्नईको लगातार दोस्रो हार



Spread the love

एजेन्सी । नेपाली राष्ट्रिय टोलिका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले हराउँदै दिल्लीले लगातार दोस्रो जित निकालेको हो ।

टस हारेर पहिले ब्याटिङ थालेको दिल्लीले निर्धारित ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ७६ रनको लक्ष्य बनाएको थियो। दिल्लीका लागि ओपनर शिखर धवन र पृथ्वी शाले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । पृथ्वीले ६४ रनको अर्धशतकीय पारी खेल्दा शिखरले ३५ रनको योगदान दिए। यस्तै ऋषब पन्तले अविजित ३७ र कप्तान श्रेयस आयरले २६ रन जोडे ।

चेन्नईका पियुस चावालाले २ विकेट लिए । साम करनले एक विकेट हात पारे । दिल्लीले सन्दीपलाई मैदान उतारेको थिएन ।

जवाफी ब्याटिङमा उत्रेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।चेन्नईका लागि फाप डु प्लेसिसले सर्बाधिक ४३ रन जोडे ।

प्रतिक्रिया दिनुहोस्