एजेन्सी। आईपीएल मा आज नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्ससंग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय राति ७:४५ बजे सुरु हुनेछ।
दुइ टिमले एकअर्कासंग हालसम्म २१ खेल खेलेका छन् जसमध्ये चेन्नाई १५ पटक तथा दिल्ली ६ पटक विजयी भएको छ।
सन्दिपको प्लेइङ ११ मा सम्भावना कस्तो छ?
सन्दिपले दोश्रो खेलमा मौका पाउने सम्भावना कम रहेको छ। सन्दिप खेल्नको लागि दिल्लीले १ जना विदेशी खेलाडीलाई गत खेलको अन्तिम-११ टिमबाट बाहिर निकाल्नु पर्ने हुन्छ। मार्कस स्टोइनिस, शिमरन हेटमायर र कागीसो रबाडाको स्थान पक्का छ।
प्रतिक्रिया दिनुहोस्