एजेन्सी। साविक विजेता म्यानचेस्टर सिटीले गएराति लिग कपको तेस्रो चरणमा बर्नमाउथलाई २-१ ले पराजित गरेको छ।
डेलापले फिल फोडानको पासमा गरेको गोलबाट सिटीले १८औं मिनेटमा अग्रता बनायो।
सुर्रिजले २२औं मिनेटमा बराबरी गोल फर्काए। खेल सकिन १५ मिनेट बाँकी हुँदा फोडानले गरेको गोल सिटीको जितमा निर्णायक बन्यो।
प्रतिक्रिया दिनुहोस्