एजेन्सी । बायर्नले गएराति सेभियालाई २-१ ले हराउँदै युईएफए कपको उपाधि जितेको छ।
हंगेरीको पुस्कास एरिनामा सम्पन्न युरोपियन क्लब प्रतियोगितामा कोभिड-१९ महामारपछि पहिलोपटक १५ हजार १८० दर्शक उपस्थित थिए। च्याम्पियन्स लिगमा विजेता बायर्ननले सेभियाविरुद्ध संघर्ष गर्नुपर्यो।
सेभियाले १३औं मिनेटमा लुकास ओकम्पसको गोलबाट अग्रता लियो। ३४औं मिनेटमा रोबर्ट लेवनडोवस्कीको पासमा लियोन गोरेट्जकाले बराबरी गोल फर्काएका थिए। बैकल्पिक खेलाडी मार्टिनेजले १०४औं मिनेटमा गरेको गोल बायर्नको जितमा निर्णायक बन्यो।
प्रतिक्रिया दिनुहोस्