एजेन्सी । किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सानदार जित हात पारेको छ। गएराती भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९७ रनले हराएको हो।
२०७ रनको विशाल लक्ष्य पछाएको बैंग्लोरले खराब प्रदर्शन गर्दै १७ ओभरमा अलआउट हुँदै १०९ रनमात्रै समेटियो। बैंग्लोरका वासिङटन सुन्दरले ३०, एबी डि भिलियर्सले २८, आरोन फिन्चले २० र सिभम दुबेले १२ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि बटुल्न सकेनन्।
बैंग्लोरलाई सस्तैमा समेट्न पञ्जाबका रवि विष्नोई र मुरुगन अश्विनले समान ३–३ विकेट लिए।
प्रतिक्रिया दिनुहोस्