९ असोज, काठमाडाैँ – कोठा खोज्दै पुगेकाहरूले घरधनीको सुनको सिक्री लुटेर फररा भएका छन् । काठमाडाैँको पेप्सीकोलामा कोठा खोज्दै पुगेका २ जनाले सुनको सिक्री लुटेर भागेका हुन् ।
सनसिटी नजिकै रहेको पवित्रा विडारी उप्रेतीको घरमा डेरा खोज्दै दुईजना युवा गएका थिए । उनीहरूसँग घरको भुइँ तल्लामा रहेको २ कोठा मासिक १० हजार तिर्नेगरी कुरा भएको थियो।
घरमा भएको सुन तथा पैसा नदिए नराम्रो हुने भन्दै थर्काएपछि पवित्राले सुनको सिक्री फुकालेर दिएको बताइन् ।
उनले सिक्री दिएपछि उनीहरू चप्पल समेत नलगाइ स्कुटरमा भागेको पवित्राले उल्लेख गरिन् ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए अनुसार लुटपाटमा संलग्नहरुको खोजी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्