एजेन्सी। बार्सिलोना तथा उरुग्वेका फरवार्ड लुइस सुआरेज ला लिगा क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्धित भएका छन् ।
एट्लेटिको म्याड्रिडले सुआरेजलाई फ्रि एजेन्टमार्फत अनुबन्ध गर्न सफल भएको हो । सुआरेज २ वर्षको लागि अनुबन्धित भएका हुन् ।
यसअघि, सुवारेज युभेन्टस जाने तयारी गरे पनि पासपोर्टको समस्याका कारण उक्त करार बीचैमा समाप्त भएको थियो ।
एट्लेटिकोले सुआरेजले च्याम्पियन्स लिगमा गरेको प्रदर्शन अनुसार ६ मिलियन पाउन्डसम्म बोनसका रुपमा भने बार्सिलोनालाई तिर्नुपर्नेछ ।
यस क्रममा उनले २८३ खेलमा १९८ गोल गरे । उनी सन् २०१४ मा लिभरपुलबाट ७.४ करोड पाउन्डमा क्लब भित्रिएका थिए ।
प्रतिक्रिया दिनुहोस्