एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले सानदार सुरुवात गरेको छ । यूएईमा गएराती भएको खेलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले पराजित गरेको हो ।
टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा २ सय १६ रन बनाउँदै १६ रनले विजयी भएको हो । राजस्थानका लागि सन्जु सेमसनले ७४ रनको योगदान दिए।
चेन्नईका लागि साम कुरानले तीन विकेट लिए भने दीपक चाहर, लुङ्गी एनगिडी र पियुस चावलाले समान एक-एक विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०० रन जोडेको थियो । चेन्नईको यो सीजनमा पहिलो हार हो ।
१९ सेप्टेम्बरको उद्घाटन खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो । अन्तिम ओभरमा धोनीले लगातार तीन छक्का प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन ।