Logo

हल्ट प्राइज नेपालमा भर्चुअल माइक्रोसफ्ट वर्कसप हुँदै



Spread the love

४ असोज, काठमाडौं । विश्वव्यापी रुपमा नै चर्चित हल्ट प्राइज प्रारम्भिक चरणमा सामाजिक उद्यमको लागि संसारमा सबैभन्दा ठुलो स्टार्ट-अप कार्यक्रम बनेको छ। US $ १० ,००,००० स्टार्ट-अप पुरस्कार रहेको हल्ट पराइजले सामान्य रूपले पूर्ण मुनाफा प्रेरित व्यवसाय र विश्व परिवर्तन गर्ने सामाजिक उद्यमी बन्न मद्दत गर्दछ।

पोखरा विश्वविद्यालय अन्तर्गतका तिन वटा अन् क्याम्पस पोखरा, चितवन र Cist कलेजमा हल्ट प्राइज २०२०/२१ को तयारी तीव्र गतिमा चलिरहेको छ । हल्ट प्राइज २०२०-२१ को तयारीको क्रममा रहेका तिन वटा अन् क्याम्पसको संयुक्त आयोजनामा IMPACT TRAINING: MICROSOFT WORKSHOP कार्यक्रम हुने भएको हो । अब आउने तिन हप्ता को लागि प्रत्येक आइतबार ३०० भन्दा बढी प्रशिक्षार्थी भर्चुअल माध्यम बाट कार्यक्रममा जोडिन सक्नेछन् । कार्यक्रम २० र २६ सेप्टेम्बर र ४ अक्टोबर गरी तिन दिनको हुनेछ ।

कार्यक्रममा प्रशिक्षण माइक्रोसफ्ट अफिस विशेषज्ञ नेपालका राष्ट्रिय च्याम्पियन २०१८ असीम तारा पाठकले दिनेछन् । कार्यक्रमलाई नेपाल अनलाइन स्कुल , रोटार्याक्ट क्लब अफ काठमाडौँ नर्थ इस्ट , Institute of Himalayan Risk Reduction र मेरो क्रिएसन्ले सहयोग गरेको छ ।

कार्यक्रमको तयारी सकिसकेको र भव्य हुने कुरा हल्ट प्राइज २०२०/२१ सिस्ट कलेजकी क्याम्पस उपनिर्देशक दिपा घिमिरेले सल्लेरी खबरलाई जानकारी दिइन् । कार्यक्रममा जुनसुकै ब्याकग्राउन्ड्को इच्छुक व्यक्तिहरूले सहभागिता जनाउन सक्नेछन् ।

कार्यक्रमको मिडिया पार्टनर सल्लेरी खबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्