एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको दोस्रो खेलमा नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पञ्जाबसंग प्रतिस्पर्धा गर्दैछ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा साँझ ७:४५ बजे हुनेछ।
सन्दीपले खेल्ने सम्भावना कति ?
दिल्लीको प्लेइङ ११ मा पर्न सन्दिपको सम्भावना निक्कै कम देखिएको छ। दिल्लीमा सन्दीपसँगै अन्य स्पीनरहरू रहेका कारण उनलाई प्लेइङ ११ मा स्थान बनाउन मुस्किल पर्ने देखिन्छ ।
लगातार तेस्रो पटक आईपीएल खेल्न लागेका सन्दीप भर्खरै क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर दुबई पुगेका हुन्। तसर्थ, उनले सीपीएलमा गरेको प्रदर्शनका आधारमा पनि प्लेइङ ११ मा पर्ने सम्भावना छ।
प्रतिक्रिया दिनुहोस्