Logo

यसरी हुन्छ कालोबजारी, आलुभित्र भेटियो प्याज



Spread the love

१ असोज, काठमाडाैँ – नेपालमा दिन प्रतिदिन प्याजको मुल्य बढ्दै जाँदा यसको कालो बजारी पनि बढ्न थालेको हो । भारतले प्याज निर्यातमा रोक लगाएसँगै प्याजको मुल्य बढ्दै जाँदा कालोबजारी पनि बढेको हो ।

त्यस्तै कोटेश्वरका व्यापारीहरूले आलुभित्र प्याज लुकाएर कालो बजारी गरेको पाइएको छ । बिहीबार कोटेश्वरका व्यापारीहरूले आलुभित्र प्याज लुकाएर कालोबजारी गरेको पाइएको हो ।

बिहीबार काठमाडौं महानगरपालिकाको संयोजकत्वमा तरकारी बजारमा अनुगमन गर्दा कालोबजारी गरेको पाइएपछि तीन जना व्यापारीको कारोबार रोक्का गरिएको छ ।

कारोबार रोक्का हुनेमा तरकारी व्यापारी विजेश गौतम, उलक शब्जी भण्डारका सञ्चालक ज्योतीनाथ उलक तथा दुलाल आलु भण्डारका सञ्चालक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्