Logo

आइपिएलको खेल तालिका सार्वजनिक : मुम्बई र चेन्नईबीच उद्‌घाटन खेल



Spread the love

२१ भदाै, एजेन्सी – इण्डियन प्रिमियर लिग आइपिएलको खेल तालिका सार्वजनिक भएको छ ।

आइपिएलले सार्वजनिक गरेको तालिका अनुसार आइपिएल उद्‌घाटन सेप्टेम्बर १९ मा हुनेछ । सो खेलमा मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।

अबुधावीमा हुने खेल नेपाली समयअनुसार राति पौने ८ बजेबाट सुरू हुनेछ ।

राउन्ड रोबिनका खेल युएईको तीनमा स्थानमा हुनेछन्। अबुधावीमा २० खेल, दुबईमा २४ खेल र सारजाहमा १२ खेल हुने तय भएको छ ।

मुम्बई र कोलकताले समूह चरणका ८ खेल अबुधावीमा खेल्दा सनराइजर्स हैदरावादले ८ खेल दुबईमा खेल्नेछ।

राजस्थान रोयल्सको ६ खेल दुबई, पाँच खेल अबुधावी र तीन खेल सारजाहमा खेल्दा चेन्नई सुपरकिंग्स, किंग्स ११ पञ्जाव, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोरले ७-७ खेल दुबईमा खेल्नेछन् ।

कोरोना भाइरसका कारण स्थगित आइपिएल पाँच महिनापछि युएईमा हुन लागेको हो ।

यसपटक पनि नेपालका सन्दीप लामिछानेले आइपिएल खेल्नेछन् । यो पटक पनि उनी दिल्ली दिल्ली क्यापिटल्सबाट नै खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्