काठमाडौं । चेन्नईका तीव्र गतिका बलर दीपक चाहरलाई कोरोना संक्रमण पुष्टि भएको उनकी बहिनी मालतीले बताएकी छन् ।
उनले एक ट्वीट गर्दै यो जानकारी दिएकी हुन् । दीपकले अहिलेसम्म ३४ वटा आईपीएलमा ३३ विकेट लिएका छन् ।
उनले गएको सीजनमा १७ म्याचमा २२ विकेट लिएका थिए । दीपकले टीम इण्डियाका लागि टी २० मा भारतको तर्फबाट ह्याट्रिक लिने पहिलो बलर हुन् ।
दुई दिन अघि आईपीएलमा २ खेलाडी र ११ स्टाफमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्