Logo

आज हरितालिका तीज , पशुपतिनाथ लगायतका शिवालयहरु सुनसान



Spread the love

५ भदौ, काठमाडौं । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज आज मनाउँदै छन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन पर्ने पर्वमा विवाहित महिलाले पतिको दीर्घायू र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै ब्रत बस्ने गर्दछन् ।

तीजमा महिलाहरु नाचगान र रमाइलो गर्नमा ब्यस्त हुने गरेकोमा यसपाली कोरोना महामारी र निषेधाज्ञाका कारण व्रत र पूजाआजा प्रभावित भएको छ ।

हरितालिका तीजका दिन राजधानीको पशुपतिनाथ लगायत विभिन्न शिवालय सुनसान छन् ।

पौराणिक कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन बसेको ब्रतसँग यो हरितालिका तीज जोडिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्