Logo

बार्यनसँगको लज्जास्पद हारपछि बार्सिलोनाले बर्खास्त गर्यो सेटिनलाई



Spread the love

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक क्विकी सेटिनलाई बर्खास्त गरेको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्यनसँग ८-२ गोल अन्तरको फराकिलो हारपछि क्लबले सेटिनलाई बर्खास्त गरेको हो।

अनपेक्षित हारसँगै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरनु पर्दा क्लबको पहिलो कडा कदमका सिकार प्रशिक्षक सेटिन बनेका छन्।

सेटेनलाई जनवरीमा अर्नेस्टो भाल्भर्डेको स्थानमा बार्सिलोनाले क्लबको मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्