Logo

महेन्द्र सिंह धोनीको कप्तानीमा भएको उत्कृष्ट निर्णयहरु



Spread the love

एजेन्सी । क्रिकेटमा त्यस्तो कुनै उपाधी छैन जसलाई महेन्द्र सिंह धोनीले हात पारेका छैनन्। धोनीले एकदिवशीय खेलमा विश्वकप र च्याम्पियन्स ट्रफी जितेका छन् भने २० ओभरमा विश्व टी २०, आईपीएल र च्याम्पियन्स लिगका उपाधी हात पारेका छन्। । महेन्द्र सिंह धोनीको कप्तानीमा भएको उत्कृष्ट निर्णयहरु यसप्रकार छन्:

जोगिन्दरले नायक बनायो
२००७ को वर्ल्ड टी २० फाइनलमा महेन्द्र सिंह धोनीले अन्तिम ओभरमा जोगिन्दर शर्मा नपाएको भए, विश्व विश्वलाई याद पनि नहुन सक्छ कि उनी वर्ल्ड च्याम्पियन टोलिको सदस्य थिए।पाकिस्तानलाई अन्तिम खेलको अन्तिम ओभरमा १३ रनको आवश्यकता थियो। भारतलाई केवल एक विकेट चाहिएको थियो। त्यस्तै महत्त्वपूर्ण अवसरमा, धोनीले जोगिन्दर शर्मालाई अनुभवी हरभजन सिंहको स्थानमा बल दिए। जोगिंदरले ओभरको तेस्रो बलमा मिसबाहको विकेट हात पार्दै धोनीको कप्तानीलाई सदाका लागि अविस्मरणीय बनाए।


धोनीको छक्का र भारत च्याम्पियन
२०११ विश्वकप फाइनलमा कुलसेकरामाथि धोनीले प्रहार गरेका छ वटा छक्का सायदै भुल्न सकिन्छ। २८ बर्ष पछि भारतलाई विश्वकप दिलाउन धोनी ९१ रनमा अविजीत रहे । यदि त्यो खेलमा धोनीको ब्याट नचलेको भए उनको चौतर्फी आलोचना हुने थियो। लामो समयदेखी धोनीको ब्याट चल्न सकेको थिएन । फाइनलमा, स्पिनरविरूद्ध हावी हुने अनुमानमा धोनी पाँचौं नम्बरमा ब्याटिंग गर्न आएका थिए।

अलराउन्डर युवराजलाई बलिंगमा उतारे

युवराज सिंह आफ्नो ब्याटिंगबाट परिचित छन्। तर, २०११ विश्वकपमा धोनीले युवराजलाई नियमित बलरकाे रूपमा प्रयोग गरेका थिए, जहाँ उनि सफल सावित भए । युवराजले ९ खेलमा ७५ ओभर खेल्दै १५ विकेट हात पारेका थिए ।

रोहितको भाग्य बदलियो
मध्यक्रममा खेल्ने रोहित लामो समयसम्म आफ्नो प्रतिभा अनुरूप प्रदर्शन गर्न सकेका थिएनन्। धोनीले रोहितलाई ओडीआईमा ओपनरको रुपमा प्रयोग गरे र उनकाे भाग्य चम्कियाे। ओपनरका रूपमा रोहित शर्मा अन्तर्राष्ट्रिय क्रिकेटमा सब भन्दा छिटो ब्याट्सम्यानको रूपमा देखा परे।
लुकेको रुस्तमु अश्विन -रैना
२०११ को विश्वकपमा धोनीले सुरेश रैना र आर अश्विनलाई शुरुवातको खेलमा रेष्ट दिएका थिए र नकआउट राउन्डमा सरप्राइज प्याकेजको रूपमा प्रयोग गरे।अश्विन २०११ विश्वकपमा दुई मात्र खेल खेले। यी मध्ये एउटा अष्ट्रेलियाको बिरुद्ध क्वार्टर फाइनल थियो।सुरेश रैनाले पनि अष्ट्रेलियाको बिरूद्ध ३४ रन बनाएर महत्वपूर्ण योगदान दिए। पाकिस्तानले सेमीफाइनलमा रैनाले पनि अविजीत ३६ जोडे।

युवा खेलाडीलाई अवसर २००८ मा अष्ट्रेलियामा ट्राई सीरीजका लागि धोनीले युवा टीम छनोट गर्न माग गरेका थिए। तर बोर्ड उनको निर्णयको खिलाफ थियो। त्यसको बाबजुद उनले युवालाई मौका दिए र उनको निर्णय सहि साबित भयो। भारतीय टीमलाई पहिलो पटक अष्ट्रेलियामा ट्राई सीरीज ट्रफि दिलाए । यस जितमा गौतम गंभीर, रोहित शर्मा र प्रवीण कुमार जस्ता युवा खेलाडीहरूको भूमिका मुख्य रह्यो।

भारतीय क्रिकेट टीम बाहेक, धोनीले चेन्नई सुपर किंग्सलाई आईपीएलको सबैभन्दा सफल टीम पनि बनाए।

प्रतिक्रिया दिनुहोस्