३२ साउन, काठमाडाैँ । बागमती सरसफाई अभियानमा १२ अर्ब भन्दा धेरै रकम खर्च भएको प्रतिवेदन र्सावजनिक भएको छ । महालेखा परीक्षकको र्कायालयले निकालेको प्रतिवेदन अनुसार बागमती सरसफाई अभियानमा १२ अर्ब ४७ करोड ८७ लाख खर्च भएको हो ।
२०७० साल जेठ ५ गतेदेखि बागमती सरसफाइ अभियान सुरु भएको थियो भने यो वर्ष सो अभियान ७ वर्षमा प्रवेश गरेको छ ।
२०७० सालदेखि सुरु भएको बागमती सरसफाई अभियान हरेक शनिबार गर्ने गरिन्छ । विभिन्न दातृ निकाय तथा सरकारको संयुक्त रकम गरेर सात वर्षको अवधिमा साँठे १२ अर्ब खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्