३१ साउन, एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यासको घोषणा गरेका छन् । इन्स्टाग्राममा एउटा भिडियो अपलोड गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् ।
भिडियो अपलोड गर्दा उनले सबैलाई साथ र सहयोगका लागि धन्यवाद प्रकट गरेका छन् ।
धोनीको कप्तानीमा भारतले २००७ मा टीट्वान्टी विश्वकप, क्रिकेट विश्वकप २०११ र २०१३ मा आइसीसी च्याम्पियन्स ट्रफि जितेको थियो ।
धोनीले भारतका लागि अन्तिम खेल २०१९ मा आइसीसी विश्कप अन्तर्गत न्युजिल्याण्ड विरूद्ध खेलेका थिए । जसमा भारत पराजित भएको थियो ।
धोनीले टेस्ट क्रिकेटबाट २०१५ मा नै सन्यास लिएका भएता पनि ओडिआई र टिट्वान्टी खेल्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्