Logo

किन गरियो सडक–२ को ट्रेलरमा करोड डिस्लाइक



Spread the love

३१ साउन, एजेन्सी – बलिउड नायिका आलिया भट्ट तथा नायक सञ्जय दत्तकाे अभिनय रहेको फिल्म सडक–२ को बुधबार ट्रेलर रिलिज भयाे । तर, ट्रेलर रिलिज भएदेखि नै यसमा डिसलाइकको वर्षात् भयाे । र अहिलेसम्म डिसलाइक गर्नेको संख्या एक करोड हाराहारीमा पुगिसकेको छ ।

फिल्म, गीत तथा ट्रेलरहरूलाई युट्युबमा डिसलाइक आउनु सामान्य नै हो । तर, लाइक गर्नेभन्दा डिसलाइक गर्नको संख्या ८८ लाखले बढी हुनु असामान्य रहेको छ ।

जम्मा ३८ मिलियन भ्युज पाएको यस ट्रेलरले पाँच लाख लाइक पाउँदा ९३ लाख डिसलाइक पाएको छ ।

किन गरियो यती धेरै डिसलाइक ?

गत डेढ महिनाअघि मृत भेटिएका सुशान्त सिंह राजपुतको घटनासँग जोडेर यो क्रमलाई लिइएको छ । आफ्नै अपार्टमेन्टमा मृत भृटिएका सुशान्तको मृत्यु केही भारतीय कलाकारहरूको कारणले गर्दा भएको भन्ने खालमा आक्रोश समर्थकहरूले पोखिरहेका छन् ।

समग्रमा यसलाई सुशान्त सिंह राजपुतको निधनपनि भारतीय दर्शकमा महेश भट्ट र उनको परिवारप्रति देखिएको आक्रोशको रुपमा हेर्न सकिन्छ ।

सुशांत सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचरा’ गत महिना रिलीज भएको थियो । दर्शकले अत्यधिक रूचाएको सो फिल्मले धेरै सफलता पाएको थियो भने युट्युबमा ट्रेलरले पनि सबैभन्दा धेरै हेरिएको ट्रेलरको रेकर्ड बनाएको थियो ।

बलिउडमा धेरै सफल पस्किएकी आलिया भट्टको करीयरमा सडक–२ ले ठूलो प्रभाव पार्ने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्