Logo

सेभिल्ला र शाख्तर युरोपा लिगको अन्तिम चारमा



Spread the love

एजेन्सी । मंगलबार राति भएको युरोपा लिगको क्वार्टरफाइनलका दुई खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चारै वटा टिमको टुंगो लागेको छ। शाख्तर डोनेस्कले गएराति बासेललाई ४-१ ले पराजीत गर्दै युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको हो।

शाख्तरले जुनियर मोरेसको गोलबाट दोस्रो मिनेटमै अग्रता लियो। ब्राजिलमा जन्मिएका युक्रेनका फरवार्ड मोरेसको यो जारी सिजन सबैखाले प्रतियोगितामा गरी २५औं गोल हो। २२औं मिनेटमा टाइसनले अग्रता दोब्बर पारे। ७५औं मिनेटमा एलन प्याट्रिकले पेनाल्टीमा तेस्रो गोल गरे। ८८औं मिनेटमा डोडोले अर्को गोल थपे। अन्तिम मिनेटमा रिकी भान उल्फ्सविनकेलले गरेको गोल बासेलका लागि सान्त्वना बन्यो।

सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रीमियर लिग क्लब वुल्भ्सलाई पराजित गर्फै सेभिल्ला युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । मंगलबार राति भएको खेलमा वुल्भ्समाथि १-० गोलको संघर्षपूर्ण जित दिलाउन लुकास ओकाम्पसले गोल गरे ।

अब पहिलो सेमिफाइनलमा सेभिल्लाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग १६ अगस्टमा खेल्नेछ।

अर्को सेमिफाइनलमा इटालियन क्लब इन्टर मिलान र शख्तरबीच १७ अगस्टमा खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्