२३ साउन, काठमाडौं । काठमाडौं। कार्भेको बेथानचोक गाउँपालिकाको एक क्वारेन्टिनमा बसेकी युवतीले शुक्रबार आत्महत्या गरेकी छन्।
दुबईबाट आएर ६ दिनदेखि क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले क्वारेन्टिन स्थलको कोठाभित्र शुक्रबार झुण्डिएर आत्महत्या गरेको काभ्रेका एसपी रवीराज पौडेलले जानकारी दिएका छन् ।
काभ्रेको बेथानचोक गाउँपालिका वडा न. ४ घर भएकी युवतीले शुक्रबार दिउँसो झुण्डिएर आत्महत्या गरेकी हुन् । उनको मृत्यु भएसँगै आफन्तले क्वारेन्टिनको व्यवस्थापनको लापरवाहीले भएको भन्दै आक्रमण गरेका छन् । आक्रोसित आफन्तले क्वारेन्टिन भवन र त्यहाँ खटिएका स्वास्थ्यकर्मी माथि पनि ढुंगामुढा प्रहार गरेका थिए । आफन्तले प्रहार गरेको ढुंगा मुढाले एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्