२० साउन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर बढी रहेको छ। मंगलबार सुनको मूल्य तोलामा ९९ हजार ८०० पुग्दै नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा ९९ हजार ८०० पुगेको हो ।
त्यस्तै, चाँदी तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्