१८ साउन, विराटनगर। नापी कार्यालय विराटनगरका दुई जना कर्मचारीलाई काेराेना संक्रमण पुष्टि भएको छ।
आइतबार कोशी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा विराटनगर वडा नम्बर ७ स्थित नापी कार्यालयका दुईजना कर्मचारीमा समेत संक्रमण पुष्टि भएको हो।
शुक्रबार कार्यालयमा ७ जनाको स्वाब संकलन गरिएको थियो भने २ जनामा कोरोना पोजेटिभ देखिएको कार्यालयका कार्यवहाक प्रमुख गणपति साहले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्