१८ साउन, काठमाडाैँ। नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । केही दिनयता सयदेखि दुई सय सम्मको सङ्ख्यामा प्रतिदिन देखिएको कोरोना सङ्क्रमण आइतबार घटेर २ सय ४६ जना सङ्क्रमित भएका छन् । सतर्क नहुने प्रवृत्तिले सङ्क्रमण बढ्न थालेको विज्ञको भनाइ छ ।
पछिल्लो समय नेपालमा उच्च रुपमा फैलिदै गएको कोरोना भाइरसको जोखिम दिनप्रति दिन झन् उच्च हुदै गएको छ । नेपालमा अरु जिल्लमामा कोरोनाको जोखिम निम्न भए पनि काठमाडौँ उपत्यका र पर्सा भने रेड जोनमा परेका छन् ।
आज २२ जाना कोरोना संक्रमण पुष्टि भएसंगै काठमाडौँमा हालसम्म कोरोना संक्रमितको संख्या ४ सय ५० पुगेको छ ।
केही दिन यता काठमाडौँ उपत्यकामा दिनप्रति दिन संक्रमण हुनेको संख्या बढ्दो रहेको छ भने सरकारले तोकेको मापदण्डअनुसार कार्यालय सञ्चालन भइरहेको छन् । तर सरकारले लक डाउन खोलेसँगै काठमाडौँ आउनेको संख्या भने अहिले निकै उच्च रहेको छ । देशका बिभिन्न ठाउँबाट व्यापारी, सरकारी कर्मचारी, सर्वसाधारण सबै आउँ थालेको तर काठमाडौं छिर्ने नाकाबाट दैनिक ३० देखि ३५ हजार मान्छे भित्रिने गरे पाइएको छ । नाकामा कडाइ नगर्ने हो भने काठमाडौंमा यो भन्दा पनि झन् उग्ररुपमा फैलिने सक्ने प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
जोर–बिजोर प्रणाली लागू गरिए पनि वा बन्दाबन्दी गरिए पनि व्यक्तिगत रूपमा सुरक्षा अपनाउन सकिएन भने कोरोना भाइरस सर्न सक्छ, प्रवक्ता डा. गौतमले चिनजानका साथीसँंग बोलेको हो, भेटेको हो भन्दैमा मास्क नलगाउने र सुरक्षा नअपनाउने हो भने कोरोना फैलन सक्छ भन्नुभयो । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ९९३ जनाको पीसीआर परीक्षण गर्दा थप २४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको हो ।