१७ साउन, काठमाडाैँ – नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ ।
निगमले साबिकको पेट्रोल, डिजल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रूपैँयाले वृद्धि गरी मूल्य समायोजन गरेको हो ।
अबदेखि पेट्रोलको मुल्य प्रतिलिटर १०४ तथा डिजल र मट्टीतेलको मुल्य ९० रूपैँया पर्नेछ ।
खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।
प्रतिक्रिया दिनुहोस्