१६ साउन एजेन्सी । बलिउडको सफल चलचित्र ‘बाहुबली’का निर्देशक एसएस राजामौलीलाई कोरोना भाइरसको संक्रमण भएको छ।
राजामौली र उनका परिवारका केही सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको हो । राजामौलीले ट्वीट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
‘मलाई र मेरो परिवारलाई केही दिनदेखि ज्वरो थियो। कोभिड–१९ परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो। डाक्टरले भनेअनसार हामी घरमै क्वारेन्टिनमा बसिरहेका छौँ। हामी कसैलाई पनि लक्षण देखिएको छैन तर सबै सावधानी अपनाइरहेका छौँ’, उनले ट्वीटमा लेखेका छन्। उनले आफूहरु होम क्वारेन्टिनमा बसिरहेको जानकारी गराएका छन्।
प्रतिक्रिया दिनुहोस्